आरएसडीसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको कात्तिक १ गते बसेको बैठकले सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

झनै सुस्तायो घरजग्गा कारोबार, असोजमा ११ महिना यताकै कम किनबेच Read Previous

झनै सुस्तायो घरजग्गा कारोबार, असोजमा ११ महिना यताकै कम किनबेच

सुनको मूल्य तोलाकै २ हजार बढ्यो, बन्याे हालसम्मकै महँगो Read Next

सुनको मूल्य तोलाकै २ हजार बढ्यो, बन्याे हालसम्मकै महँगो