निफ्राले ५ अर्बको उर्जा ऋणपत्र निष्काशन गर्दै, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेड (निफ्रा)ले ५ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ६% (२०८८/८९’ नामक ऋणपत्र जारी गर्ने भएको हो ।

यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याजदर पाउने छन् । बैंकले ऋणपत्र निष्काशन गर्नका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

समता घरेलु लघुवित्तले पायो एफपीओ जारी गर्न अनुमति, प्रतिकित्ता मूल्य कति ? Read Previous

समता घरेलु लघुवित्तले पायो एफपीओ जारी गर्न अनुमति, प्रतिकित्ता मूल्य कति ?

डलरको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड Read Next

डलरको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड