समता घरेलु लघुवित्तले पायो एफपीओ जारी गर्न अनुमति, प्रतिकित्ता मूल्य कति ?

FPO

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न स्वीकृति दिएको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको एफपीओ जारी गर्न अनुमति पाएको हो ।

लघुवित्तले संस्थापक र सर्वसाधरण सेयरधनीको सेयर अनुपात मिलाउनका लागि एफपीओ जारी गर्न लागेको हो ।

एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

४४५ व्यवसायीलाई नापतौल इजाजत प्रदान Read Previous

४४५ व्यवसायीलाई नापतौल इजाजत प्रदान

निफ्राले ५ अर्बको उर्जा ऋणपत्र निष्काशन गर्दै, बिक्री प्रबन्धक नियुक्त Read Next

निफ्राले ५ अर्बको उर्जा ऋणपत्र निष्काशन गर्दै, बिक्री प्रबन्धक नियुक्त