गौशाला धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको पत्र

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशाला धर्मशाला खाली गर्ने कार्य रोक्न पत्रचार गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषलाई पत्र लेख्दै अर्को निर्णय नभएसम्मका लागि धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् ।

कोषले २३ असोजमा गृहमन्त्रालयलाई शान्ति सुरक्षा व्यवस्था मिलाइदिन माग गर्दै पत्राचार गरेको थियो । पशुपति क्षेत्र विकास परिषद्को असोज २० गते बसेको बैठकको निर्णयअनुसार पठाइएको पत्रले हाल उत्पन्न परिस्थितिले पशुपति क्षेत्रमा शान्ति सुरक्षामा समस्या उत्पन्न भएको बुझिएकाले अर्को निर्णय नभएसम्म उक्त क्षेत्र खाली गर्ने प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

यसैबीच, मन्त्री पाण्डेले गौशाला धर्मशाला सम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन् । उनले कात्तिक ४ गते मन्त्रालयमै बैठक बोलाएका हुन् ।

उनले धर्मशाला सम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन समेत दिएका छन् । कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो । यसअघि धर्मशाला सञ्चालन गर्ने आएको मारवाडी सेवा समिति कोषको उक्त निर्णयको विरोधमा उत्रिएको छ ।

लचिलो नीतिले फस्टाउँदै सेयर कर्जा लगानी, बैंकले १ महिनामै दिए ८.३२ अर्ब ऋण Read Previous

लचिलो नीतिले फस्टाउँदै सेयर कर्जा लगानी, बैंकले १ महिनामै दिए ८.३२ अर्ब ऋण

बैंकमा पैसा थुप्रिएपछि एकैदिन १ खर्ब तान्दै राष्ट्र बैंक Read Next

बैंकमा पैसा थुप्रिएपछि एकैदिन १ खर्ब तान्दै राष्ट्र बैंक