काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले उदयपुरको गाईघाट स्थित १८ नम्बर बाहिनी अड्डा, भुल्केमा एटीएम सेवा शुभारम्भ गरेको छ ।
उक्त एटीएम सेवाको उद्घाटन १८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्ण प्रसाद सापकोटाले गरे । एटीएम सेवाको सञ्चालन पश्चात् उक्त बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनता तथा सेवाग्राही लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
बैंकले हाल देशभरका ८५ वटा शाखा, ८५ वटा एटीएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करीब ५ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।