निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ , डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो ।

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६.५० रुपैयाँ दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम भएके छ ।

त्यस्तै, तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु१४८.५० रुपैयाँ, दोस्रो वर्गमा १५० रुपैयाँ र तेस्रो वर्गमा १५१ रुपैयाँ कामय भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध Read Previous

सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब विप्रेषण Read Next

दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब विप्रेषण