अब ०.५% बढी सेयर स्वामित्व भएका प्रमोटरले सोही बैंकबाट ऋण लिन नपाउने

काठमाडौं । अब कुनै पनि बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको ०.५ प्रतिशत बढी सेयर स्वामित्व भएका संस्थापक सेयरधनी (प्रमोटर)ले सोही संस्थाबाट ऋण लिन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनी, संचालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरू को सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी ऋण लिन नपाउने व्यवस्था थियो भने संस्थापकको हिस्सा तोकिएको थिएन ।

त्यस्तै, राष्ट्र बैंकले १ प्रतिशत वा सोभन्दा बढी सर्वसाधरण समूहका सेयरधनी, संचालक, कार्यकारी प्रमुख र निजको परिवारले समेत सोही संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ ।

यस व्यवस्थासँगै अब साधरण सेयरधनीको हकमा १ प्रतिशत र संस्थापकको हकमा ०.५ प्रतिशत बढी सेयर स्वामित्व हुने सोही संस्थाबाट ऋण लिन नपाउने भएका हुन् ।

‘इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पूँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यह?को स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

त्यस्तै, राष्ट्र बैंकले ०.५ प्रतिशतभन्दा बढी सेयर धारण गरेका सेयरधनीहरू को विवरण अर्धवार्षिक रूपमा राष्ट्र बैंकको सम्बन्धित सुपरीवेक्षण विभागमा पेश गर्न समेत निर्देशन दिएको छ ।

विपदको सामना गर्न विश्व बैंकले नेपाललाई २० अर्ब ऋण दिने Read Previous

विपदको सामना गर्न विश्व बैंकले नेपाललाई २० अर्ब ऋण दिने

नागढुङ्गा-नौबिसे सडकको जाम छल्ने वैकल्पिक सडक बन्दै सीतापाइला-धार्के सडक Read Next

नागढुङ्गा-नौबिसे सडकको जाम छल्ने वैकल्पिक सडक बन्दै सीतापाइला-धार्के सडक