विपदको सामना गर्न विश्व बैंकले नेपाललाई २० अर्ब ऋण दिने

काठमाडौं । विश्व् बैंकले विपद प्रतिकार्यका लागि नेपाललाई १५ करोड अमेरिकी डलर (करिब २० अर्ब १३ करोड रुपैयाँ ऋण दिने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त ऋण स्वीकृत गरेको हो । असोज १० देखि १२ गतेसम्म आएको बाढी पहरोले नेपालमा ठूलो धनजनको क्षति भएको छ । उक्त विपदको सामाना गर्न विश्व बैंकले नेपाललाई १५ करोड डलर आकष्मिक ऋण स्वीकृत गरेको हो ।

विश्व बैंकबाट स्वीकृत उक्त ऋण नेपालले आफूले चाहेको बेला लिन सक्छ ।

‘नेपालले प्राकृतिक मौषम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको छ,’ नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भने,‘ नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने बित्तिकै लिन सक्नेछ।’

प्राकृतिक प्रभाव, अन्तराष्ट्रिय समुदायको गतिविधिको कारणले मौसममा आएको प्रभाव वा स्वास्थ्य क्षेत्रमा आउने आकस्मितामा यस्तो ऋण दिने गरिन्छ।

सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डेलाई मातृशोक Read Previous

सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डेलाई मातृशोक

अब ०.५% बढी सेयर स्वामित्व भएका प्रमोटरले सोही बैंकबाट ऋण लिन नपाउने Read Next

अब ०.५% बढी सेयर स्वामित्व भएका प्रमोटरले सोही बैंकबाट ऋण लिन नपाउने