काठमाडौं । नेपाल बैंक लिमिटेड कर्मचारी र ग्राहकले समाज डेण्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
बैंक र अस्पताल बीच अस्पतालका विभिन्न स्थानहरूमा रहेका क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुसार अस्पतालको सेवाहरुमा लाग्ने शुल्कहरूमा नेपाल बैंकका कर्मचारीले १५ प्रतिशत र बैंकमा खाता रहेका ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन् ।
छुट सुविधा समाड डेन्टलको काठमाडौंको नयाँ बानेश्वर, बसुन्धरा, पेप्सीकोला, जोरपाटी, सितापाइला, भक्तपुरस्थित कौशलटार, ललितपुरको जावलाखेल, ईमाडोल र काभ्रेपलाञ्चोकको बनेपा शाखामा लागू हुनेछ ।