काठमाडौं उपत्यकाबाट दैनिक १ लाख बाहिरिँदै, ३० हजार भित्रिँदै

काठमाडौं । काठमाडौं उपत्यकाबाट बडादशैं मनाउन दैनिक १ लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।

विगत तीन दिनदेखि दैनिक १ लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने, ‘आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ ।’ दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् ।

नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दशैंमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौंडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

सानिमा बैंकको लाभांश घोषणा, साढे ७१ करोड नगद बाँड्ने Read Previous

सानिमा बैंकको लाभांश घोषणा, साढे ७१ करोड नगद बाँड्ने

नेपाल बैंकका कर्मचारी र ग्राहकले समाज डेण्टल अस्पतालमा छुट पाउने Read Next

नेपाल बैंकका कर्मचारी र ग्राहकले समाज डेण्टल अस्पतालमा छुट पाउने