काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको असोज २२ गते बसेको बैठकले सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश (करसहित)दिने घोषणा गरेको हो ।
बैंकले ७१ करोड ४८ लाख २२ हजार ८४५ रुपैयाँ नगद सेयरधनीलाई वितरण गर्ने भएको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।