काठमाडौं-हेटौंडा जोड्ने सबै सकड खुले, कान्ति लोकपथ पनि संचालनमा आयो

काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने सबै सडक संचालनमा आएका छन् । संघीय राजधानी काठमाडौंलाई हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरीको कान्ति लोकपथ पनि आजदेखि संचालनमा आएको हो ।

अरु सडक यसअघि नै संचालनमा आएका थिए । सोमबार मध्यरातसम्म पहिरो हटाएर कान्ति लोकपथ संचालनमा ल्याइएको हो ।

सडकमा थुप्रिएको पहिरो हटाइएको छ भने बागमती नदीमा ह्युम पाइपको प्रयोग गरिएको छ । यससँगै काठमडौं- हेटौंडा जोड्ने सबै सडक संचालनमा आएका छन् ।

कुलेखानी-फाखेल-फर्पिङ र कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्ड आइतबार दिउँसोदेखि संचालनमा आएका थिए ।

काठमाडौं-मुग्लिन हुँदै हेटौंडा जाने सडक भने असोज १४ गतेदेखि नै संचालनमा आएको थियो ।

असोज १० देखि १२ गते परेको अविल वर्षासँगै आएको बाढी र पहिरोले यी सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका थिए।

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा Read Previous

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

स्वास्थ्य बीमा सुधारका लागि स्वास्थ्यमन्त्री पौडेलले मागे डब्ल्यूएचओको साथ Read Next

स्वास्थ्य बीमा सुधारका लागि स्वास्थ्यमन्त्री पौडेलले मागे डब्ल्यूएचओको साथ