बाढीपहिरो पीडितलाई स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाको सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम प्रदान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ती कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

छिमेकी भारतको सबैभन्दा ठूलो जलविद्युत् कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट १ करोड रुपैयाँ, अरुण तेस्रो जलविद्युत् आयोजना लिमिटेडका प्रमुुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट १ करोड रुपैयाँ, प्रभु बैङ्कका अध्यक्ष देवीप्रसाद भट्टचनबाट १ करोड रुपैयाँ र प्राइम कमर्सियल बैङ्कका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट ३१ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैगरी, प्रभु इन्सुरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख रुपैयाँ र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट २५ लाख रुपैयाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।

सहयोग रकम बुझ्दै प्रधानमन्त्री ओलीले हालैको बाढीपहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा सम्बद्ध सबैलाई धन्यवाद दिए ।

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा ५ करोड सहयोग Read Previous

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा ५ करोड सहयोग

नेप्से परिसूचक २७०० बिन्दु नजिक पुग्यो, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्से परिसूचक २७०० बिन्दु नजिक पुग्यो, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी