लाभांश प्रयोजनका लागि सिटिजन्स बैंकले तोक्यो बुकक्लोज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

बैंकले कात्तिक १२ गते १८ औं वार्षिक साधरण सभा बोलाएको हो । बैंकको सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ९ बजे सुरु हुनेछ ।

बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ । प्रस्तावित लाभांश बैंकको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असोज २९ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार असोज २३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा Read Previous

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

बाढीपहिरोबाट सवा ७ अर्ब बढीको बीमा दाबी पर्ने, कुन कम्पनीमा कति ? Read Next

बाढीपहिरोबाट सवा ७ अर्ब बढीको बीमा दाबी पर्ने, कुन कम्पनीमा कति ?