नेप्सेमा उच्च अंकको वृद्धि, परिसूचक २६५० माथि उक्लियो

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । गत साता ११४ अंकले बढेको नेप्सेले यस साता पनि उकालो यात्रा जारी नै राखेको हो ।

आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ बिन्दुमा पुगेको छ । आज ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच भएको छ ।

सूचकमा उच्च वृद्धि भए पनि कारोबार रकम भने खुम्चिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६४ करोड रुपैयाँले घटेर ६ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ ओटै समूहको परिसूचक बढेको छ । फाइनान्स कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यस समूहको परिसूचक सर्वाधिक ६.३ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादनमूलक, बैंकिङ, विकास बैंक र हाइड्रोपावर समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज साहस ऊर्जाको सर्वाधिक ६३ करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको २५ करोड ५७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको मूल्य घटेको छ ।

उच्च अंकले बढेको बजारमा आज न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

मध्य भोटेकोशी, इस्टर्न हाइड्रोपावर र गुडविल फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज विन नेपाल लघुवित्तका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

 

 

 

दोधारा चाँदनी सुक्खा बन्दरहगाह निर्माणको बाटो खुल्यो, लागत पौने ६ अर्ब Read Previous

दोधारा चाँदनी सुक्खा बन्दरहगाह निर्माणको बाटो खुल्यो, लागत पौने ६ अर्ब

बजारमा बढ्यो दशैंकाे चहलपहल, व्यापारी भन्छन्-‘सोचे जस्तो छैन व्यापार’ Read Next

बजारमा बढ्यो दशैंकाे चहलपहल, व्यापारी भन्छन्-‘सोचे जस्तो छैन व्यापार’