काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश संशोधन भएको छ ।
कम्पनीले यस अघि घोषणा गरेको लाभांश विद्युत् निमन आयोगले स्वीकृत नगरेपछि कम्पनीले संशोधन गर्दै नयाँ लाभांश घोषणा गरेको हो ।
कम्पनीले यसअघि ९.५१३५ प्रतिशत लाभांश घोषणा गरेकोमा त्यसलाई घटाएर अब ५.२६३२ प्रतिशत मात्र दिने भएको छ । जसमा ५ प्रतिशत बोनस सेयर रक ०.२६३२ प्रतिशत नगद रहेको छ ।
संशोधित लाभांश पारित गर्न कम्पनीले कात्तिक १९ गते, २१ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।
कम्पनीले सभामा लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सहयक कम्पनी अपि इन्फ्रा लिमिटडमा शतप्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने, बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना र दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु लैजाने भएको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ कात्तिक २ गते बुकक्लोज तोकेको छ । सो अनुसार कात्तिक १ गतेसम्म कायम सेयरधनीहरुले मा प्रस्तावित लाभांश पाउने छन् ।