माछापुच्छ्रे बैंकले मनायो २४औँ वार्षिकोत्सव, पाढीपीडितलाई दियो राहत

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोेत्सव भव्य रूपमा मनाईरहेको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै २४औं वार्षिकोत्सव मनाएको हो ।

‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा लिएको हो । यसै अवसरमा बैंकले असोज १८ गते केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर हर्षित उल्लासका साथ वार्षिकोत्सव मनाएको छ ।

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउँदै आएको छ । बैंकले देशभर रहेका विभिन्न शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ ।

जस अन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवद्र्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

केहिदिन अगाडि मात्रै आएको बाढी पहिरोमा परि विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउपालिका १ र २ का बाढी पहिरो पीडित घरपरिवारलाई २०० थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ ।

बाढी पहिरोका कारण विभिन्न स्थानहरूमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्केटहरू रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यस लगायत बैंकका विभिन्न शाखा कार्यालयहरूको माध्यमबाट स्थानिय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएको छ ।

नेपालबाट प्रशोधित भैँसीको मासु चीन निर्यात गरिँदै, सम्झौतापत्र स्वीकृत Read Previous

नेपालबाट प्रशोधित भैँसीको मासु चीन निर्यात गरिँदै, सम्झौतापत्र स्वीकृत

मुस्ताङमा बढ्न थाल्यो बाह्य पर्यटकको चहलपहल, दुई सातामै पुगे २० हजार बढी Read Next

मुस्ताङमा बढ्न थाल्यो बाह्य पर्यटकको चहलपहल, दुई सातामै पुगे २० हजार बढी