काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधरण सभा बोलाएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न कात्तिक ७ गते विशेष साधारण सभा बोलाएको हो ।
इन्स्योरेन्सको सभा आम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्नेछ ।
हाल १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद जारीपछि २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले असोज २२ गते बुकक्लोज गर्नेछ । साे अनुसार असोज २१ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।