श्री एयरलाइन्सले आजदेखि ८० सिटे जहाजबाट भरतपुर उडान गर्दै

काठमाडौं । श्री एयरलाइन्सले आजदेखि काठमाडौं–भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ। कम्पनीले क्यू-४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ।

‘शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ,’ कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भने, ‘नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुईवटा उडान हुनेछ।’

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन। एकपटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ।

उनका अनुसार एकतर्फी भाडा ४ हजार ५०० रुपैयाँ राखिएको छ। अहिले भरतपुर-काठमाडौँ-भरतपुर रुटमा बुद्ध एयरले एटीआर-४२ मार्फत दैनिक नौवटा उडान भर्दै आएको छ।

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला Read Previous

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला

भत्किएका पुल र सडक निर्माण गर्न २५ अर्ब लाग्ने, तत्कालै ३ अर्ब चाहिने Read Next

भत्किएका पुल र सडक निर्माण गर्न २५ अर्ब लाग्ने, तत्कालै ३ अर्ब चाहिने