एक्साइडकाे ब्याट्री साट्दा ५० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ  प्रालिले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरू साट्दा ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको आकर्षक छुट पाइने छ । साथै, १२० जना भाग्यशाली ग्राहकहरूलाई लक्की ड्र मार्फत क्यास ब्याक प्रदान गरिनेछ ।

लक्की ड्र मार्फत क्यास ब्याक प्राप्त गर्नका लागि आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टी मार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्नेछ ।

नजिकिँदै गरेको चाडपर्वलाई अझै विशेष रूपमा मनाउनका लागि तथा ग्राहकमा थप उल्लास भर्नका लागि यस किसिमको एक्सचेञ्ज अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

एक्साइडको नेपालभर बृहत् सेल्स तथा सर्भिस नेटवर्क रहेको छ ।

सन् २०२८ सम्म भारत १० खर्ब डलरको डिजिटल अर्थतन्त्र 'हब' बन्ने Read Previous

सन् २०२८ सम्म भारत १० खर्ब डलरको डिजिटल अर्थतन्त्र 'हब' बन्ने

सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम प्रदान Read Next

सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम प्रदान