यी ८ विमानस्थलमा घटस्थापनादेखि पूर्णीमासम्म रात्रिकालीन उडान हुने

काठमाडौं । दशैंको घटस्थापनादेखि कोजागत पूर्णीमासम्म (असोज १७ देखि ३० गतेसम्म) रात्रिकालीन उडान हुने भएको छ । सरकारले बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन सुगमका विमानस्थलहरूमा रात्रिकालीन उडान गर्न लागेकाे हो ।

संस्कृति पर्ययटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णीमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाइएको जानकारी दिए । उनले रात्रिकालीन उडान गर्न मिल्ने विमानस्थलहरूमा बिहान ४स्३० बजेदेखि नै उडान सुरु हुने बताए । राति अपरेशन समय आवश्यकता अनुसार थप गरिने उनको भनाइ छ ।

अहिले आन्तरिक उडान बिहान ६ बजेदेखि राति २ बजेसम्म हुँदै आएको छ । यसअघि आन्तरिक उडान राति १० बजेसम्म मात्रै हुँदै आएकोमा आइतबारदेखि राति २ बजेसम्म भइरहेको छ ।

रात्रिकालीन उडान हुने विमानस्थलमा बिहान साढे ४ बजेदेखि नै उडान गर्ने गरी तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

हाल देशका ८ विमानस्थलमा रात्रिकालीन उडान गर्न सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसहित भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलमा पनि रातको समयमा उडान गर्न मिल्छ ।

बाढीले एनटीसी र एनसेललाई २२ करोड क्षति, इन्टरनेट कम्पनीकाे साढे ७ करोड Read Previous

बाढीले एनटीसी र एनसेललाई २२ करोड क्षति, इन्टरनेट कम्पनीकाे साढे ७ करोड

बंगलादेश ४० मेगावाट बिजुली निर्यातका लागि आज त्रिपक्षीय सम्झौता हुँदै Read Next

बंगलादेश ४० मेगावाट बिजुली निर्यातका लागि आज त्रिपक्षीय सम्झौता हुँदै