एमालेले सरकारी राहत कोषमा ५० लाख दिने

काठमाडौं । नेकपा (एमाले) ले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

मंगलबार बसेरा होटलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । उक्त रकम पार्टीको तर्फबाट सरकारी राहत कोषमा जम्मा गर्ने भएको हो ।

यस्तै, एमालेका सांसदहरुले पनि १५ दिनको पािरश्रमिक बराबरको रकम राहत कोषमा जम्मा गर्ने भएका छन् ।

यसअघि नेपाली कांग्रेसले पनि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णग गरेको थियो ।

सातै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय Read Previous

सातै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय

सेयर बजारमा फर्कियो रौनक, नेप्सेले हान्यो शतकको छलाङ Read Next

सेयर बजारमा फर्कियो रौनक, नेप्सेले हान्यो शतकको छलाङ