नेपाल वेयरहाउजिङले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनी संचालक समितिको असोज १४ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ६८ करोड ७५ लाख रुपैयाँ छ । हकप्रद सेयर जारीपछि १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

प्रस्तावित हकप्रद कम्पनीको आगामी साधारण सभाले पारित र नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि जारी हुनेछ ।

दुई बीमा कम्पनीले पाए हकप्रद सेयर जारी गर्न अनुमति, कुनले कति ? Read Previous

दुई बीमा कम्पनीले पाए हकप्रद सेयर जारी गर्न अनुमति, कुनले कति ?

दशैंको अग्रिम टिकट बन्द गराउने तयारी Read Next

दशैंको अग्रिम टिकट बन्द गराउने तयारी