घट्यो पेट्रोलियम पद्धार्थको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियक पद्धार्थको भाउ घटाएको छ ।

निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टीतेलमा २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकमा ६ रुपैयाँ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ मूल्य घटाएको हो ।

एलपी ग्यासको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ र डिजेल १४७ रुपैयाँ कायम भएको छ ।

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट Read Previous

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

राजविराज-कुनौली सडकको पुल भासिदा भारतबाट सामान ल्याउन समस्या Read Next

राजविराज-कुनौली सडकको पुल भासिदा भारतबाट सामान ल्याउन समस्या