बाढीपहिरो पीडितलाई १० दिनभित्र पहिलो किस्ता, २५ हजार पाउने

काठमाडौं । सरकारले बाढीपहिरोबाट घर गुमाएकाहरूलाई अस्थायी आवास बनाउन १० दिन भित्र अनुदान उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले लाभग्राही पहिचान गरी नगद अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले ७ दिन भित्र लाभग्राही पहिचान गरिसक्ने र त्यको ३ दिन भित्र पहिलो किस्ता बापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड २०८१ अनुसार पीडितले पहिलो किस्ता बापत २५ हजार रुपैयाँ पाउने छन् भने अन्तिम किस्ता थप २५ हजार रुपैयाँ पाउने छन् ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिबाट अस्थायी आवास अनुदान रकम दिने व्यवस्था मिलाइनेछ ।

गत असोज १० देखि १२ गतेसम्म देशभर परेको वर्षाले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ । हालसम्म १९३ जनाको मृत्यु भइसको छ भने ३१ जना अझै बेपत्ता छन् । अधिकांश मुख्य सडकमा ठूलो क्षति पुर्याएको छ । सयौं मिटर सडक र आधादर्जन बढी पक्की पुल बगाएको छ । सयौंको संख्यामा पक्की घर भत्काएको छ ।

यस्तै, बैठकले खोजी उद्धार र राहतको कामलाई तीव्रता दिने निर्णय पनि गरेको छ। अवरूद्ध रहेका सडक मर्मत गरी सञ्चालनमा ल्याउने, राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।

त्यस्तै, खानेपानी, टेलिफोन, विद्युत् लगायत पूर्वाधार सञ्चालनका लागि पनि छिटो सेवा प्रवाह गर्ने निर्णय गरेको छ । विपदमा फैलन सक्ने महामारीको आकलन गरी महामारीजन्य रोग फैलन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावय जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविर लगायतको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।

३ दिनदेखि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध, सबै उद्योग बन्द Read Previous

३ दिनदेखि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध, सबै उद्योग बन्द

अन्नपूर्ण संरक्षण क्षेत्रको प्रवेश शुल्क अब अनलानबाटै तिर्न सकिने Read Next

अन्नपूर्ण संरक्षण क्षेत्रको प्रवेश शुल्क अब अनलानबाटै तिर्न सकिने