काठमाडौं । भूकम्प गएको ४ वर्ष बितिसकेको छ । यो अवधिमा भूकम्पले क्षति पुर्याएका मध्ये ६१ प्रतिशत निजी घरहरुको पुनर्निर्माण सम्पन्न भएको छ । सरकारी भवन तथा विद्यालय तर्फ ७० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको छ ।
भूकम्पबाट क्षतिग्रस्त भएको ८ लाख १६ हजार ५ सय ६० वटा घर मध्ये ४ लाख ८२ हजार ३ सय २३ घरको पुर्ननिर्माण पुरा भएको पुर्ननिर्माण प्राधिकरणको पछिल्लो तथ्यांकले देखाएको छ । पुनर्निर्माण पूरा भएका घरमध्ये ५६ हजार ३ सय ८२ घरहरुले पुर्ननिर्माण पुरा भएको प्रमाणपत्र लिएका छन् ।
यी तथ्याङ्कका आधारमा पुर्णनिर्माणको काम सन्तोषजनक देखिए पनि स्वाथ्य संस्था, सुरक्षा निकायका भवन, सांस्कृतिक सम्पदाहरु इत्यादीको पुनर्निर्माणमा भने अझै ध्यान नपुगेको अर्थशास्त्री डा. निर्मल कुमार रावतले बताए ।
२०७२ साल बैशाख १२ गते ७.८ रेक्टर स्केलको भूकम्प गयो त्यस लगतै बैशाख २९ गते ७.३ रेक्टर स्केलको ठूलो भूकम्प गयो, जसले ३१ जिल्लालाई प्रभावित पारेको थियो । ति जिल्ला मध्ये १४ वटा जिल्ला अति प्रभावित भएका थिए भने अन्य १७ वटा जिल्ला कम प्रभावित भएका थिए ।
सरकारले २०७७ पुषभित्र भूकम्पबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण गर्ने उद्देश्यसहित २०७२ पुष १० गते राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण स्थापना गरेको थियो ।
प्राधिकरण अन्तर्गत ८ लाख १७ हजार निजी घर पुर्ननिर्माण, ७० हजार घरको प्रवलीकरण, ७ हजार ५ सय ५४ विद्यालय भवन पुनर्निर्माण, ८ सय ९१ पुरातात्विक तथा ऐतिहासिक र ८ सय ८३ सुरक्षा संयन्त्रको भवन पुनर्निर्माणको जिम्मामा रहेको थियो ।भूकम्पका कारण क्षतिग्रस्त भएका ८ लाख १६ हजार ६ सय ८६ घर मध्ये ८८ प्रतिशत घर उच्च प्रभावित १४ जिल्लामा पर्दछन् ।
अति प्रभावित भएका सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलान्चोक र नुवाकोट जिल्लाका प्रत्येक जिल्लामा १० देखि १२ प्रतिशत घर क्षति भएका थिए । सार्वजनिक पूर्वाधार संरचनाहरुमा १.१७ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको अनुमान गरिएको छ । यस मध्ये शिक्षा क्षेत्रमा ३१ करोड ३१ लाख ८० हजार डलर बराबरको क्षति भएको अनुमान गरिएको छ ।
सांस्कृति सम्पदा तर्फ १९ करोड २२ लाख ३० हजार अमेरिकी डलर बराबरको क्षति अनुमान गरिएको छ ।भूकम्पकै कारण कृषि क्षेत्रमा २५ करोड ५० लाख डलर बराबरको क्षति भएको अनुमान गरिएको छ ।भूकम्पकै कारण प्रतिव्यक्ति ९ करोड ४० लाख कार्यदिन खेर गएको अनुमान गरिएको छ ।
रावत भूकम्पपछिको गतिविधिबाट आर्थिक वृद्धिमा योगदान पुगेको बताउँछन् । उनका अनुसार भूकम्पपछि पुर्ननिर्माणका क्रियाकलापबाट नेपालको कूल गार्हस्थ उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत विन्दूमा रहेको पाइएको छ ।
आर्थिक वर्ष २०७१/७२ मा नेपालको कूल ग्राहस्थ उत्पादनको वृद्धिदर २.९७ प्रतिशतमा सिमित रहेको थियो । आर्थिक वर्ष २०७२/७३ मा नेपालको वृद्धिदर ०.२० प्रतिशतमा झरेको थियो ।
भूकम्पबाट ७.०६ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको थियो । जसमध्ये ७६ प्रतिशत निजी क्षेत्रको सम्पत्ति नोक्सान भएको थियो । पुर्ननिर्माणको समग्र पक्षमध्ये ४९ प्रतिशत हिस्सा आवास पुर्ननिर्माणले ओगटेको छ ।
नेपालमा आवास पुर्ननिर्माणले मात्रैै २५ करोड ५० ला दिन रोजगारी सिर्जना गरेको एक अध्ययनले देखाएको छ ।उक्त संख्या आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा १८ लाख २० हजार मानिसहरुले रोजगार प्राप्त गरेको बराबर रहेको रावतले बताए ।
हाल ५ लाख ५० हजार मानिसहरु आवास पुननिर्माणमा काम गरिरहेका छन् । यसले १० करोड कार्यदिन बराबर रोजगार सृजना गरेको उनले