एभरेष्ट बैंकले दिने भयो मासिक किस्ता ९ हजार मै घर कर्जा

काठमाडौं । एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ ।

 

बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता रु ९ हजार ३६३ रुपैयाँ मात्रको होम लोन सुविधा ल्याएको हो ।

 

यस अभियानमा ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउनेछन् ।

 

बैंकले सम्पूर्ण ग्राहकहरुलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको छ । ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सेवा दिने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

एभरेष्ट बैंकले हाल आफ्ना ९५ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २२ एटिएम तथा बृहत बाह्य सञ्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

भूकम्पले भत्काएका ६१ प्रतिशत निजी घरको पुनर्निर्माण सम्पन्न Read Previous

भूकम्पले भत्काएका ६१ प्रतिशत निजी घरको पुनर्निर्माण सम्पन्न

राष्ट्रिय गौरवको आयोजना : आठ वर्षमा ४५ प्रतिशत काम पूरा Read Next

राष्ट्रिय गौरवको आयोजना : आठ वर्षमा ४५ प्रतिशत काम पूरा