लुम्बिनी विकास बैंक र आइएमई-पेबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रर्वधित ‘आइएमई पे’ र लुम्बिनी विकास बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

सम्झौता अनुसार लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । सम्झौतापछि लुम्बिनी विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमईमा रकमान्तर गर्न र ‘आइएमई पे’ मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

 

सम्झौतापत्रमा ‘आइएमई पे’ का तर्फबाट संचालक खिलेन्द्र पौडेल र लुम्बिनी विकासका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम तीव्र Read Previous

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम तीव्र

मीरगञ्ज पुल बन्द, पूर्वका व्यवसायी समस्यामा Read Next

मीरगञ्ज पुल बन्द, पूर्वका व्यवसायी समस्यामा