उखु किसानको बक्यौता तिर्न डेढ अर्ब निकासा, डीडीसीले पायो ६० करोड ऋण

फाइल तस्वीर ।

काठमाडौं । सरकारले उखु किसानको बक्यौता भुक्तानीका लागि झण्डै डेढ अर्ब रुपैयाँ निकासा गरेँको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रकामान्तर गरी १ अर्ब ४५ करोड ३२ लाख ४१ हजार रुपैयाँ निकासा गरेको हो ।

मन्त्रालयका अनुसार उक्त रकम ८ जिल्लाका किसानकालाई भुक्तानी गरिने छ । कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट , सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनुपर्ने १ अर्ब ४५ करोड ३२ लाख २१ हजार ८६८ रुपैयाँ सम्बन्धित जिल्लाहरूमा पठाइएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई रकम बाँडफाँड स्वीकृत दिइएको छ । यससँगै अब उखु किसानले अनुदान बापत पाउनुपर्ने रकम दशैं अघि नै पाउने भएका छन् ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीको उखु किसानको बक्यौता भुक्तानीका लागि पहल गर्दै आएका थिए ।

त्यस्तै, सरकारले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि ६० करोड रुपैयाँ ऋण दिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले शुक्रबार ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको हो ।

मन्त्रिपरिषद् बैठकले गत भदौ २० गते दुग्ध विकास संस्थान (डीडीसी)लाई दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको थियो । डीडीसीले किसानलाई १ अर्ब बढी भुक्तानी गर्न बाँकी छ ।

आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक Read Previous

आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

देशभर ६३ स्थानमा सडक पूर्ण रूपमा बन्द Read Next

देशभर ६३ स्थानमा सडक पूर्ण रूपमा बन्द