आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

काठमाडौं । आज राति नारायणगढ-मुग्लिन सडकमा सवारी साधन चलाउन रोक लगाइएको छ ।

जिल्ला सुरक्षा समिति, चितवनको आजको बैठकले अविरल वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति उक्त सडकमा गाडी चलाउन रोक लगाएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने छ ।

आज बिहानैदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण उक्त सडकखण्डमा पहिरो जाने सम्भावना भौतिक तथा मानवीय क्षति नहोस् भनेर सवारी चलाउन रोक लगाइएको हो ।

यसअघि सरकारले रोड अलर्ट जारी भएका ५६ जिल्लामा रात्रिबस नचलाउन आग्रह गरिसकेको छ ।

कोदोको बिस्कुट र कुकिज प्रवर्द्धनमा आर्क्स फूड Read Previous

कोदोको बिस्कुट र कुकिज प्रवर्द्धनमा आर्क्स फूड

उखु किसानको बक्यौता तिर्न डेढ अर्ब निकासा, डीडीसीले पायो ६० करोड ऋण Read Next

उखु किसानको बक्यौता तिर्न डेढ अर्ब निकासा, डीडीसीले पायो ६० करोड ऋण