वीरगञ्ज नाकाबाट सवा ५ अर्बको सामान विदेशियो, सबैभन्दा धेरै पिना निर्यात

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ५ अर्ब २६ करोड ३७ लाख १० हजार रुपैयाँ मूल्य पर्ने सामान निर्यात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब २९ करोड ३८ लाख २४ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानले रु ४९ करोड ५९ लाख २८ हजार मूल्यपर्ने ६९ लाख ५३ हजार किलोग्राम पिना निर्यात भएको जानकारी दिए । विगतको तुलनामा पिनाको निर्यातमा वृद्धि भएको छ ।

चालु आवको भदौ मसान्तसम्मको ३३ करोड ३९ लाख सात हजार मूल्य पर्ने १४ लाख ५६ हजार ८०४ किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको छ ।

त्यसैगरी, गत आवको सोही अवधिमा रु २० करोड ३६ लाख ६८ हजार मूल्य पर्ने ८ लाख ३८ हजार १४० किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको थियो । चालु आवको भदौसम्म १२ करोड ९३ लाख २८ हजार मूल्य पर्ने १७ लाख ९ हजार १६० किलोग्राम ‘एमएस स्टिल स्ट्रिप’ निर्यात भएको छ ।

चालु आवको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ८२ लाख ९९ हजार मूल्य पर्ने ५४ हजार १८२ वर्गमिटर उनी गलैँचा निर्यात भएको छ । गत आवको तुलनामा चालु आवको सोही अवधिमा उनी गलैँचा कार्पेटको निर्यातमा २०.४३ प्रतिशतले गिरावट आएको छ ।

चालु आवको भदौ मसान्तसम्म १ अर्ब २९ करोड ३ लाख ७९ हजार मूल्य पर्ने १ करोड ३६ लाख ४५ हजार ८०० लिटर जुस जाम निर्यात भएको छ । गत आवको भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा जुस जामको निर्यात भने ५.११ प्रतिशतले बढेको छ । चालु आवको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ७९ लाख ८४ हजार मूल्य पर्ने ६७ हजार ३८० किलोग्राम कुकुर वा बिरालोको खाना निर्यात भएको छ ।

फोनपे र सञ्चय कोष बीच साझेदारी, कोष सदस्यलाई डिजिटल भुक्तानी सुविधा Read Previous

फोनपे र सञ्चय कोष बीच साझेदारी, कोष सदस्यलाई डिजिटल भुक्तानी सुविधा

चाडपर्व सुरक्षा योजना : ५ मिनेटमै घटना स्थलमा पुग्ने, ड्रोनबाट निगरानी Read Next

चाडपर्व सुरक्षा योजना : ५ मिनेटमै घटना स्थलमा पुग्ने, ड्रोनबाट निगरानी