एक दिन पनि टिकेन नेप्सेको वृद्धि, परिसूचक २५०० बिन्दु तल झर्यो

काठमाडौं । सेयर बजारको वृद्धि एक दिन पनि टिक्न सकेन । अघिल्ला दुई कारोबार दिनमै ११८ अंकले घटेको नेप्से बुधबार ४९ अंकले बढेको थियो । तर, आज फेरि ३२ अंकले घटेको हो ।

बिहीबार नेप्से परिसूचक ३२.८१ अंकले घटेर २४८६.७६ बिन्दुमा आइपुगेको छ । आज ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर किनबेच भएको छ ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने झिनो वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३ करोड रुपैयाँले बढेर ४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ ओटा समूहमध्ये उत्पादनमूलक र व्यापार बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर र फाइनान्स समूहको परिसूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज अपि पावरको सर्वाधिक ४७ करोड ९९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सकोे १७ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ ।

उच्च अंकले घटेको बजारमा ग्रीन भेन्चर्सका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् भने विन नेपाल लघुवित्तका सेयरधनीले सर्वाधिक ९.८५ प्रतिशत कमाएका छन् ।

विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै, झण्डै २१ खर्ब पुग्यो Read Previous

विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै, झण्डै २१ खर्ब पुग्यो

अर्थतन्त्रका अधिकांश सूचकमा सुधार, यस्ता छन् १० मुख्य सूचक Read Next

अर्थतन्त्रका अधिकांश सूचकमा सुधार, यस्ता छन् १० मुख्य सूचक