उपत्यकामा ‘नाइट लाइफ’ शुरु, पर्यटनमा सकरात्मक प्रभावको खोजि

काठमाडौं । सरकारले भ्रमण वर्षको लागि उत्पत्यकामा रात्रीकालिन जीवन (नाइट लाइफ) सञ्चालनको लागि विशेष जोड दिने भएको छ । पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराईले उक्त कुरा बताएका हुन् ।

 

सरकारले पर्यटकीय क्षेत्रमा रात्रीकालिन जीवन चलाउने भनेर विगतमा पनि पटक पटक बताउँदै आएपनि काठमाडौंमा अहिलेसम्म पनि प्रभावरकारी ढंगले रात्री जीवन सञ्चालन हुन सकेका छैनन् । उपत्यकाका मुख्य सहरहरु ६-७ बजे नै सुनसान हुने अवस्था रहेको मन्त्री भट्टराईले बताए ।

 

उनले भ्रमण वर्षको तयारी स्वरुप यो विषयलाई उठाएका हुन् । ‘भ्यालीको लाइफ बेलुकी ५-६ बजे नै सकिन्छ । राजधानीमा नाइट लाइफ नै छैन भन्दा पनि हुन्छ । यसरी पर्यटनको विकास हुँदैन । हामी नाइटलाइफ लाई प्रभावकारी पर्यटकिय उत्पादन बनाउनका लागि बिशेष जोड दिन्छौं । भक्तपुरबाट यो प्रक्रिया शुरु भइसकेको छ’, मन्त्री भट्टराईले भने ।

 

भक्तपुर पछि कीर्तिपुरमा रात्रीजीवन शुरु गर्ने मन्त्री भट्टराईले खुलासा गरे । ‘कीर्तीपुरमा भूकम्पमा क्षति पुगेका मन्दिरहरु पुनर्निर्माणको काम भइरहेको छ । त्यो सकिने बित्तिकै त्यहाँ बत्ति बालेर रात्रीजीवन शुरु गर्ने योजना बनाएका छौं’, मन्त्री भट्टराइले भने ।

 

यसैगरी सरकारले भ्रमण वर्ष २०२० का अलावा १० वर्षे पर्यटन अभियान समेत चलाउने भएको छ । मन्त्री भट्टराईले पत्रकार सम्मेलनमा उक्त योजनाको जानकारी दिएका हुन् । यसका लागि उपत्यकाका सबै सरोकारवालाहरुसँग कसले कसरी योगदान पर्याउन सकिन्छ भनेर निरन्तर छलफलमा जुटेर कार्यक्रमहरु बनाउने मन्त्री भट्टराईले जानकारी दिए ।

रुटमा सहमति नजुट्दा मदन भण्डारी राजमार्गको सर्भे रोकियो Read Previous

रुटमा सहमति नजुट्दा मदन भण्डारी राजमार्गको सर्भे रोकियो

अनलाइन प्रणालीबाट ऋणपत्रको कारोबार शुरु Read Next

अनलाइन प्रणालीबाट ऋणपत्रको कारोबार शुरु