सुनको मूल्यले बनायो लगातार पाँचौं दिन नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार पाँचौं दिन नयाँ रेकर्ड बनाएको छ । यससाता आइतबारदेखि लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६० हजार ७०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि बुधबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । अमेरिकी केन्द्री बैंकले ब्याजदर कटौती गरेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ६७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेर १९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, दुई विमान ‘डाइभर्ट’ Read Previous

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, दुई विमान ‘डाइभर्ट’

'एलडीसी'लाई सहयोग बढाउन जी-२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्रीको आग्रह Read Next

'एलडीसी'लाई सहयोग बढाउन जी-२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्रीको आग्रह