काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको असोज ९ गते बसेको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।