सानिमा बैंकका ग्राहकले सीजीका सामान खरिमा २५% सम्म छुट पाउने

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई सीजी डिजिटलमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकले डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजीसँग सहकार्य गरेको हो ।

समझदारी अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यूआर)मार्फत सीजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरूलाई २५ प्रतिशतसम्म छुट पाउने छन् ।

साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा १ हजार रुपैयाँ बराबरको क्यासब्याक पनि पाउने छन् । न्यूनतम ३० हजारको कारोबारमा क्यासब्याक प्रदान गरिनेछ ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू र १२४ वटा एटीएमहरू संचालनमा रहेका छन् ।

 

सरकारले खुलायो सुपारी, मरिच र केराउको आयात Read Previous

सरकारले खुलायो सुपारी, मरिच र केराउको आयात

युनिलिभरले घोषणा गर्यो इतिहासकै धेरै लाभांश Read Next

युनिलिभरले घोषणा गर्यो इतिहासकै धेरै लाभांश