गाउँ फर्कनेलाई १ लाख र ६ महिनालाई पुग्ने खाद्यान्न दिइने

पर्वत । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले १ लाख रुपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ ।

गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो ।

गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले बताए । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उनले बताए ।

अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकावाट ९३ परिवारका ३२५ जना बसाइँ सरेका छन् ।

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छ : ढकाल Read Previous

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छ : ढकाल

टोखा-छहरे सुरुङमार्ग अघि बढाउन चीनलाई आग्रह, सहयोग गर्ने प्रतिबद्धता Read Next

टोखा-छहरे सुरुङमार्ग अघि बढाउन चीनलाई आग्रह, सहयोग गर्ने प्रतिबद्धता