सुनको मूल्य तोलाको १ लाख ६० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । यससाता सुनको मूलयले लगातार चौथो दिन नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले आइतबारदेखि लगातार नयाँ कीर्तिमान बनाउँदै आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि मंगलबार सुनको भाउ प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । अमेरिकी केन्द्री बैंकले ब्इाजदर कटौती गरेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ६७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेर १९५५ रुपैयाँमा कारोबार भइरहेको छ । यो पनि हालसम्मकै उच्च हो ।

दशैंअघि ३ हजार ८५६ किमी सडकको खाल्डाखुल्डी पुरिँदै, १११ ठेक्का लगाइयो Read Previous

दशैंअघि ३ हजार ८५६ किमी सडकको खाल्डाखुल्डी पुरिँदै, १११ ठेक्का लगाइयो

कोरला नाकामा पुग्यो टेलिकमको सेवा Read Next

कोरला नाकामा पुग्यो टेलिकमको सेवा