घटस्थापनादेखि रुट परमिट खुला, जुनसुकै रुटमा गाडी चलाउन पाइने

काठमाडौं । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ ।

असोज ८ गते बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी लगायत सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

विभागका अनुसार दशैंको समयमा हुने यात्रुको चापलाई मध्येनजर गर्दै देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन पाइने छ । यद्यपि, कुनै बाटोमा विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका गाडी भने चलाउन नपाइने विभागले जनाएको छ ।

यस्तै, विभागले असोज १७ देखि कात्तिक १ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।

विभागका अनुसार खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलर लगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाउने जनाएको छ ।

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, बुकक्लोज कहिले ? Read Previous

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, बुकक्लोज कहिले ?

१ महिना भित्रै राष्ट्रिय ग्रिडमा २७० मेगावाट बिजुली जोडिँदै, कुनको कति मेगावाट ? Read Next

१ महिना भित्रै राष्ट्रिय ग्रिडमा २७० मेगावाट बिजुली जोडिँदै, कुनको कति मेगावाट ?