सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, बुकक्लोज कहिले ?

काठमाडौं । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई करसहति ५ प्रतिशत बोनस सेयर र  कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्न कात्तिक ५ गते पन्ध्रौं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे सुरू हुनेछ ।

त्यस्तै, कम्पनीले ताप्लेजुङ जिल्ला स्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न संचित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने र उक्त प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी विशेष प्रस्ताव सभामा लैजाने भएको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुकक्लोज मिति तोकेको छ । सो अनुसार असोज १६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

असोज १२ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने Read Previous

असोज १२ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

घटस्थापनादेखि रुट परमिट खुला, जुनसुकै रुटमा गाडी चलाउन पाइने Read Next

घटस्थापनादेखि रुट परमिट खुला, जुनसुकै रुटमा गाडी चलाउन पाइने