फोन पेकाे ‘सुपर यात्रा’ अभियान, हवाई टिकट खरिदमा ३०० रुपैयाँ क्यासब्याक

काठमाडौं । डिजिटल भुक्तानी नेटवर्क फोन पेले ‘सुपर यात्रा’ अभियान घोषणा गरेको छ । चाडबाडलाई ध्यानमा राख्दै फोन पेले उक्त अभियान ल्याएको हो ।

सो अभियान अन्तर्गत फोन पे प्रयोगकर्ताले हवाई टिकटको खरिदमा क्यासब्याक प्राप्त गर्नेछन् । नयाँ प्रयोगकर्ताले पहिलो हवाई टिकट बुकिङमा ३०० रुपैयाँ र पुरानाले २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने फोन पेले बताएको छ ।

यसरी टिकट बुकिङ गर्नेमध्ये एक जना भाग्यशाली विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट पाउँछन् । यसैगरी सोही अभियानअन्तर्गत पाँच जना भाग्यशाली विजेताले स्मार्ट वाच पाउने कम्पनीले जानकारी दिएको छ ।

यो पहल चाडपर्वको समयमा यात्रा मागको उच्च स्तरलाई पूरा गर्न र प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि सहज र सस्तो डिजिटल भुक्तानी विकल्पहरू प्रदान गर्न डिजाइन गरिएको कम्पनीले बताएको छ।

स्काइवर्थ दशैं तिहार अफर, बम्परमा कार उपहार Read Previous

स्काइवर्थ दशैं तिहार अफर, बम्परमा कार उपहार

माछापुच्छ्रे बैंकले ल्यायो अफरै अफर Read Next

माछापुच्छ्रे बैंकले ल्यायो अफरै अफर