काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीको असोज ११ देखि २० गतेसम्म १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामीमा आउने भएको छ ।
कम्पनीले कम्पनीले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म बिक्रीमा ल्याएको १५० प्रतिशत हकप्रद सेयर मध्ये अवितरित १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामीमा ल्याउने भएको हो ।
कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड २ लाख ४९ हजार ७५२ कित्ताका लागि मात्र आवेदन परेको छ । नबिकेको हकप्रद अब लिलामीमार्फत बेच्ने भएको हो ।
कम्पनीको लिलामी सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ नघटाई आवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल, नबिल बैंकको बिर्तामोड, वीरगञ्ज, हेटौंडा, जावलाखेल, लेकसाइड पोखरा, नेपालगञ्ज, बराहताल सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् ।