नेपाल ल्युबको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल ल्युब आयलको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीले गत आव २०८०/८१ को नाफाबाट वितरण गर्ने २० प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयर मूल्य २३७.४२ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन सम्बन्धित मन्त्रालयमा पठायो Read Previous

सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन सम्बन्धित मन्त्रालयमा पठायो

दशैंका लागि अग्रिम टिकट खुलाउने मिति अझै लागेन टुंगो Read Next

दशैंका लागि अग्रिम टिकट खुलाउने मिति अझै लागेन टुंगो