नेप्सेमा ५३ अंकको उतरचढाव, कारोबार रकम २ महिना यताकै कम

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ । दिनभरमा ५३ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा ४ अंकले घटेर बन्द भएको हो ।

यस साता तीन कारोबार दिनमै नेप्से १११ अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ बिन्दुमा आइपुगेको छ । आज ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७० करोड रुपैयाँले घटेर ५ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ । यो दुई महिना यताकै कम हो ।

आज कारोबारमा आएका १३ ओटा समूहमध्ये बैंकिङ र निर्जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशतले घटेको छ ।

आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक २० करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल फाइनान्सको १६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको घटेको छ ।

आज कालिका लघुवित्तका सेयरधनीले सर्वाधिक ८.०८ प्रतिशत कमाएका छन् भने गुडविल फाइनान्सका सेयरधनीले ६.६६ प्रतिशत गुमाएका छन् ।

राष्ट्रिय गौरवका आयोजना सम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग Read Previous

राष्ट्रिय गौरवका आयोजना सम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग

विश्व प्रसिद्ध भिडोल लुब्रिकेन्ट नेपालमै उत्पादन सुरू, धनुषामा प्लाण्ट संचालनमा Read Next

विश्व प्रसिद्ध भिडोल लुब्रिकेन्ट नेपालमै उत्पादन सुरू, धनुषामा प्लाण्ट संचालनमा