काठमाडौं । माथिल्लो मैवा जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।
आयोजना प्रबद्र्धक काङ हाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरण बीच पीपीए सम्झौता सम्पन्न भएको हो ।
ताप्लेजुङको मैवा खोला र मिरिङदेन गाउँपालिका भएर बग्ने मैवा खोलामा निर्माण हुने आयोजनाबाट १७.८५ मेगावाट विद्युत उत्पादन हुनेछ ।
यस आयोजना आगामी २०८६ असार १ गते निर्माण सम्भन्न भई व्यापारिक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ ।