इसेवाको दशैं-तिहार अफर, जुनसुकै कारोबार गर्दा नामी कार जित्न सकिने

काठमाडौं । इसेवाले यसपालिको दशैं-तिहार र छठ पर्व लक्षित गरेर ‘इसेवा महा–उत्सव : इसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत असोज १ देखि कात्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरू मध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन्।

कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकता अनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्नुपर्नेछ ।
साथै, १०० रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आइफोन १६ पनि जित्न सक्नेछन्।

त्यसैगरी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ। दैनिक अफर अन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रुपमा अफर आउने छ। उक्त सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन्।

साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलबार इसेवाका विभिन्न सेवाहरुस् मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्नुहुनेछ। यी अफरहरूबारे थप जानकारीहरु इसेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरू मार्फत प्राप्त गर्न सकिनेछ।

लामो समयदेखि अलपत्र मालढुङ्गा-बेनी खण्ड मर्मत सुरू Read Previous

लामो समयदेखि अलपत्र मालढुङ्गा-बेनी खण्ड मर्मत सुरू

४ जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण Read Next

४ जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण