काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ले भाउ घटाएको हो ।
भारतीय आयल निगमबाट आएतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले निगमले पनि मूल्य समायोजन गरेको हो ।
मूल्य घटेसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेलको मूल्य १४९ रुपैयाँ कायम भएको छ ।
निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ ।