नेप्सेमा उच्च अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । लगातार ६ कारोबार दिनमै २१९ अंकले घटेर बिहीबार ७८ अंकले बढेको नेप्से आज फेरि ५० अंकले घटेको हो ।

आज दिनभरमा नेप्सेमा ९७ अंकको उतरचढाव आएको छ । आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ बिन्दुमा आइपुगेको छ । आज ३१८ कम्पनीको २ करोड ८४ लाख ६७ हजार ७८२ कित्ता सेयर किनबेच भएको छ ।

सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब १७ करोड रुपैयाँले बढेर १० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ ओटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स र होटल समूहको परिसूचक साढे ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक ६४ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २१९ कम्पनीको घटेको छ ।

उच्च अंकले घटेको बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जी र इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

आज थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

४ वर्षपछि पहिलो पटक ब्याजदर कटौती गर्दै अमेरिकाको केन्द्रीय बैंक Read Previous

४ वर्षपछि पहिलो पटक ब्याजदर कटौती गर्दै अमेरिकाको केन्द्रीय बैंक

१ वर्षमा अख्तियारमा भ्रष्टाचारका २७ हजार उजुरी, साढे १३ हजार तामेलीमा Read Next

१ वर्षमा अख्तियारमा भ्रष्टाचारका २७ हजार उजुरी, साढे १३ हजार तामेलीमा