काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् ।
कम्पनी सञ्चालक समितिको भदौ २७ बसेको बसेको बैठकले श्रेष्ठलाई आगामी ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो ।
कम्पनीले असोज १८ देखि लागू हुने गरी उनलाई नियुक्त गरेको हो । उनी हाल हिमालयन एभरेष्टमै नायब प्रमुख कार्यकारी अधिकृत छिन् ।
गत असारमा कम्पनीका सीईओ बिजयबहादुर शाह बाहिरिएपछि संचालक समितिले उनलाई निमित्त सीईओको जिम्मेवारी दिएको थियो ।