काठमाडौं । हिमालयन बैंकको सवा ४ लाख बढी कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमा आएको छ ।
बैंकले विद्यमान ५ जना संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख २८ हजार ५४० कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
बैंकका अनुसार देवराज तामाङको ४५ हजार ५१२, हर्कबहादुर तामाङको १ लाख ३२ हजार २७९, स्नेहलता ठाकुरको १३ हजार ९२२, प्काश तायलको १ लाख ३७ हजार २२८ र गिरेन्द्र मानसिंह श्रेष्ठको नाममा रहेको ९९ हजार ५९९ कित्ता सेयर लिलामीमा ल्याइएको हो ।
उक्त सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । संस्थापक सेयरधनीले नकिनेमा दोस्रो चरणमा सर्वसाधरणका लागि बिक्रीमा ल्याइने बैंकले जनाएको छ ।
बैंकको सेयर किन्न इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
बिक्री मूल्य भने बिक्रेता अनुसार फरक फरक रहेकाले बैंकको केन्द्रय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
इच्छुक लगानीकर्ताले आजको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।